पोखरा । आइतबार मात्रै सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाली बजारमा अघिल्लो साताको अन्तिम कारोबारको दिन शुक्रबारको तुलनामा आईतबार तोलामा १२ हजार ५०० रुपैयाँले घटेको हो।
नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार १२ हजार ५०० रुपैयाँले घटेर प्रतितोला सुनको भाउ २ लाख ८२ हजार कायम भएको छ। गत शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९४ हजार ५०० पुगेको थियो।
सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार शुक्रबारको तुलनामा चाँदीको मूल्य ४७० रुपैयाँले घटेको छ।
आईतबार एक तोला चाँदी ४ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ भने गत शुक्रबार प्रतितोला चाँदी ५ हजार १० रुपैयाँमा खरिदबिक्री भएको थियो।






