आज मात्रै सुनको मूल्य १२ हजार ५ सयले घट्यो
  • जरूवाखबर

  • पोखरा । आइतबार मात्रै  सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाली बजारमा अघिल्लो साताको अन्तिम कारोबारको दिन शुक्रबारको तुलनामा आईतबार तोलामा १२ हजार ५०० रुपैयाँले घटेको हो।

    नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार १२ हजार ५०० रुपैयाँले घटेर प्रतितोला सुनको भाउ २ लाख ८२ हजार कायम भएको छ। गत शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९४ हजार ५०० पुगेको थियो।

    सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि  घटेको छ । महासंघका अनुसार शुक्रबारको तुलनामा चाँदीको मूल्य ४७० रुपैयाँले घटेको छ।

    आईतबार एक तोला चाँदी ४ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ भने  गत शुक्रबार प्रतितोला चाँदी  ५ हजार १० रुपैयाँमा खरिदबिक्री भएको थियो।

  • ८ चैत्र २०८२, आईतवार १३:५६ प्रकाशित