पेट्रोलियम पदार्थको मूल्य फेरी वृद्धि

पेट्रोल प्रतिलिटर १८७, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ

  • जरूवाखबर

  • काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरी वृद्धि भएको छ।

    नेपाल आयल निगमले बुधबार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा पनि प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो।

    मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १६७ पुगेको छ।

    मध्यपूर्वी क्षेत्रको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भइरहेको निगमले जनाएको छ।

     

  • ११ चैत्र २०८२, बुधबार २२:३६ प्रकाशित