काँग्रेसको १५औं महाधिवेशन असोज १६देखि १८ गते काठमांडौमा हुने
  • जरूवाखबर

  • काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशन आगामी असोज महिनाको दोस्रो साता गर्ने निर्णय गरेको छ।

    बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशन आगामी असोज १६ गते देखि १८ गते काठमाडौंमा गर्ने गरी मिति संशोधनसहित पारित गरेको हो।

    महाधिवेशनअन्तर्गत भदौं ३ गतेबाट वडा अधिवेशन सुरु हुने जनाएको छ। वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनाइएको पार्टीले जनाएको छ ।

    यसैगरी बुधबार बसेको बैठकले संविधान संशोधनका लागि पार्टीको नेतृत्वमा सर्वपक्षीय छलफल अघि बढाउने निर्णयसमेत गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

    बैठकले पार्टीका भातृ तथा शुभेच्छुक संस्थालाई क्रियाशील बनाउन महामन्त्रीद्वयको संयोजकत्वमा अध्ययन समिति बनाइएको पनि चालिसेले जानकारी दिए।

  • ११ चैत्र २०८२, बुधबार २२:१७ प्रकाशित