काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरी वृद्धि भएको छ।
नेपाल आयल निगमले बुधबार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा पनि प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो।
मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १६७ पुगेको छ।
मध्यपूर्वी क्षेत्रको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भइरहेको निगमले जनाएको छ।






