नव निर्वाचित सांसदहरुले लिए सपथ
  • जरूवाखबर

  • काठमाडौं । नव निर्वाचित प्रतिनिधिसभा सदस्य ‘सांसद’ले विहीबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

    सिंहदरबारस्थित नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नव निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    सभामुखको निर्वाचन नभएको अवस्थामा संसद्को जेष्ठ सदस्यले सांसदहरूलाई शपथ खुवाउने कानुनी प्रावधान छ ।

    यसैबीच संघीय संसद सचिवालयका अनुसार कार्यक्रममा ४७ जना प्रतिनिधिसभा सदस्यले नेपाली बाहेक आ–आफ्नो मातृ भाषामा शपथ लिएका छन् । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा ९एमाले० ले २५, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० ले १७, श्रम संस्कृति पार्टीेले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका छन् ।

  • १२ चैत्र २०८२, बिहीबार १६:०० प्रकाशित