काठमाडौँ । नवगठित सरकारको पहिलो मन्त्रीपरिषद बैठकले २३ र २४ भदौमा भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।
प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसार सुरक्षा निकायको हकमा थप अध्ययन समिति गठन गरी त्यसले भने अनुसार र बाँकीको हकमा तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।
यसैगरी बैठकले सरकारको प्रवक्तमा शिक्षा विज्ञान तथा प्रविधि सस्मित पोखरेललाई तोकेको छ ।





