काँग्रेस नेता तथा पूर्व उर्जामन्त्री दीपक खड्का पक्राउ
  • जरूवाखबर

  • काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।
    खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न उनलाई केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआइबी’ले नियन्त्रणमा सीआइबीका एआइजी मनोज केसीले बताए ।

    जेनजी आन्दोलनको क्रममा उनको निवासमा आगजनी हुँदा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो । उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।

    खड्का सञ्चालक रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि ले काठमाडौंको लैनचौरमा रहेको स्काउटको केन्द्रीय कार्यालय परिसरमा पर्ने करिब तीन रोपनी जग्गा भाडामा लिएको थियो। सम्झौता अनुसार १० वर्षका लागि भाडामा लिए पनि २०७५ सालमै उक्त सम्झौता सकिएको थियो।

    पूर्वमन्त्री खड्काले आफ्नो राजनीतिक पहुँचको बलमा स्काउट जस्तो सार्वजनिक संस्थाको जग्गा वर्षौंसम्म कब्जा गरेर राखेको र लाखौं रुपैयाँको भाडा बक्यौता राखेको आरोप छ। यसलाई शक्तिशाली व्यक्तिले कानुन र अदालतलाई नै चुनौती दिएको घटनाको रूपमा हेरिएको छ।

  • १५ चैत्र २०८२, आईतवार ११:३२ प्रकाशित