अध्यक्ष ओलीको रिहाईको माग गर्दै एमाले पदाधिकारी नै सडकमा
  • जरूवाखबर

  • काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै एमालेका पदाधिकारीसहित नेताहरू पनि सडकमा ओर्लिएका छन्। 

    सोमबार माइतीघरबाट सुरु भएको प्रदर्शनमा एमालेका सचिवहरू भानुभक्त ढकाल, शेरधन राई, डा.राजन भट्टराई र महेश बस्नेत लगायतका नेताहरूले अगुवाइ गरेका छन्। सचिव बस्नेतले सोमबार बिहानै आन्दोलनमा सबैलाई सहभागी हुन आह्वान गरेका थिए। 

    जेनजी आन्दोनल जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सरकारले चैत १४ गते पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो। त्यसको विरोधमा एमालेले प्रदर्शन गर्दै आएको छ। 

    तीन दिनदेखि सडक प्रदर्शनमा रहेको एमालेले सोमबार पदाधिकारीसहित विरोध जनाएको हो। आजको प्रदर्शन उपत्यका विशेष कमिटीको आयोजना भएको थियो। 

    आन्दोलनस्थलमै सञ्चारकर्मीसँग कुरा गर्दै सचिव शेरधन राईले देशलाई मुढभेडमा धकेलेर युक्रेन बनाउन खोजिएको आरोप लगाउदै जनादेशको उन्मादमा सरकारले मुलुकलाई मुढभेडतिर धेकेलेको  बताए। अध्यक्ष ओलीको रिहाइ नभएसम्म आन्दोलन जारी रहने उनले बताए। 

  • १६ चैत्र २०८२, सोमबार १६:१२ प्रकाशित