एमाले संसदीय दलको नेतामा थापा निर्वाचित
  • जरूवाखबर

  • काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका छन् । बुधबार केन्द्रीय कार्यालय च्यासलमा भएको निर्वाचनमा थापा दलको नेता चयन भएका हुन् ।

    ईलाम–२ बाट निर्वाचित युवा सांसद सुहाङ नेम्वाङले उम्मेदवार फिर्ता लिएसँगै बादल दलको नेता चयन भएको निर्वाचन समितिका संयोजक नीरज आचार्यले जानकारी दिए ।

    भर्खर सम्पन्न निर्वाचनमा एमालेले जम्मा २५ सिट जितेको थियो ।

  • १८ चैत्र २०८२, बुधबार २१:११ प्रकाशित