काठमाडौं । नेकपा एमालेले आज ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा संसदीय दलको बैठक बोलाएको छ । भोली बजेट अधिवेशनको पहिलो बैठक आह्वान गरिएकाले एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
गत निर्वाचनमा प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिटसहित २५ जना सिट जितेको एमालेले आजको बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना छ ।
बैठकमा पार्टीका शीर्ष नेताले सांसदहरूलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने बताईएको छ ।






