काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५ र १५ रुपैयाँ बढाएको हो।
नयाँ मूल्यसूची अनुसार अब काठमाडौं, पोखरा र दिपायल ‘तेस्रो वर्ग’ मा पेट्रोलको मूल्य प्रतिलिटर २०२ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ कायम भएको छ।
नयाँ मूल्य राति १२ बजेदेखि लागू हुनेछ।
निगम सञ्चालक समितिको बिहीबारको बैठकले उक्त मूल्य निर्धारण गरेको हो।






