काठमाडौँ । सरकारले हप्तामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो। यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा मात्र लागू हुनेछ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेका बेला सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा दुई दिन बिदा दिने निर्णय गरेको र चैत २३ गतेदेखि लागू हुने प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
त्यस्तै शैक्षिक संस्थाबाहेक सरकारी कार्यालयको समय ९ देखि ५ बजेसम्म कायम गरिएको छ।






