पोखरा । पोखराका अग्रज पत्रकार एवम् एभरेष्ट मिडिया प्रा.लि.का कार्यकारी प्रमुख दीपेन्द्र श्रेष्ठ र नेपाल पत्रकार महासंघ कास्कीका सदस्य सन्देस श्रेष्ठलाई पितृ शोक परेको छ ।
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा सल्लाहकार श्रेष्ठका पिता भीमबहादुर श्रेष्ठको ८० बर्षको उमेरमा आज आइतबार बिहान आफ्नै निवास ईटहरी ५, सुनसरीमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
लामो समयदेखि नशा सम्बन्धि रोगबाट पिडित श्रेष्ठको आज बिहान आफनै निवासमा निधन भएको हो । ईटहरीको सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका स्वर्गीय श्रेष्ठको शवयात्रा सहित आजै स्थानीय बुढीखोलामा अन्त्येष्टि गरिने बताईएको छ ।
उनका श्रीमती नेत्रकुमारी, तीन छोराहरु दीपेन्द्र, प्रदीप, सन्देश श्रेष्ठ र तीन छोरीहरु नर्वदा, शर्मिला र बन्दना श्रेष्ठ रहेका छन् ।





