काठमाडौँ। प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गरेका छन् ।
आज आईतबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सभामुखको कार्यभार सम्हालेका हुन् । उनलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उच्चअधिकारीले स्वागत गरेका थिए ।
यसैबीच सभामुख अर्यालले निर्वाचित भए लगत्तै सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै संसद्को गरिमा र मर्यादा कायम राख्ने गरी आफूले काम गर्ने र संविधान र कानुनको पूर्ण पालना गर्दै अघि बढ्ने बताए ।





