पोखरा बहुमुखीमा ‘स्व. गणेश गुरुङ स्मृति अक्षय कोष’ स्थापना
  • जरूवाखबर

  • पोखरा । समाजसेवी समीर गुरुङले पोखरा बहुमुखी क्याम्पसमा आफ्ना स्वर्गीय बुबाको स्मृतिमा अक्षय कोष  स्थापना गरेका छन् ।

    उनले स्व. बुवा गणेश गुरुङको स्मृतिमा २ लाख १ सय ११ रुपैयाको “स्व. गणेश गुरुङ स्मृति अक्षय कोष” स्थापना गरेका हुन् ।

    पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष समेत रहेका गुरुङले उक्त क्याम्पसमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षय कोष स्थापना गरिएको जरुवा खबरलाई जानकारी दिए । ‘सामुदायिक क्याम्पस हो, सबै विद्यार्थीको आर्थिक अवस्था बलियो नहुन सक्छन्’ उनले भने ‘आर्थिक समस्याकै कारणले विधार्थीले क्यामपस छोड्ने अवस्था नआओस् भन्ने हो।’

    विपन्न परिवारका विधार्थीलाई शिक्षाबाट बञ्चित नगराउनु नै अक्षय कोष स्थापनाको मुख्य उद्देश्य रहेको गुरुङको भनाई छ । 

    यस पहलले विद्यार्थीहरूलाई उच्च शिक्षामा पहुँच बढाउन महत्वपूर्ण सहयोग पुग्ने भन्दै गुरुङलाई क्याम्पस प्रमुख शिशुकला पराजुलीले धन्यवाद दिईन् । उनले यस्ता सामाजिक तथा शैक्षिक कार्यहरूले क्याम्पसको शैक्षिक वातावरण थप सुदृढ हुने विश्वास व्यक्त गरिन् ।

  • २३ चैत्र २०८२, सोमबार २०:४६ प्रकाशित