ओली र लेखक हिरासतमुक्त हुने
  • जरूवाखबर

  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक आगामी बिहीबार हिरासतमुक्त हुने भएका छन्।

    सर्वोच्च अदालतले प्रक्रिया पूरा गरी हिरातमुक्त गर्न परमादेश जारी गरेपछि ओली र लेखक थुनामुक्त हुने भएका हुन्।

    काठमाडौं जिल्ला अदालतले आइतबार ओली र लेखकलाई अनुसन्धान गर्न ५ दिनको म्याद थपेको थियो। सोही म्यादभित्र अनुसन्धान सम्पन्न गर्न सर्वोच्चले सरकारविरुद्ध परमादेश जारी गरेको हो।  

    न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले उक्त परमादेश आदेश जारी गरेको हो।‘ओली र लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को परिक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको कार्यसम्मन्न गरी जो जे गर्नुपर्ने गराउनू’ परमादेशको आदेशमा भनिएको छ। 

  • २३ चैत्र २०८२, सोमबार २०:१७ प्रकाशित