फेवातालको जग्गाको अवस्था अध्ययन गर्न पाँच सदस्यीय समिति गठन

समितिलाई ७ दिनभित्र एकिन विवरणसहित प्रतिवेदन बुझाउन निर्देशन

  • जरूवाखबर

  • काठमाडौं । सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। 

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो। 

    मन्त्रालयले फेवाताल क्षेत्र संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउन समिति गठन गरेको हो। समितिलाई ताल क्षेत्रफलभित्रका सबै कित्ताको एकिन विवरणसहित प्रतिवेदन तयार पारी पेस गर्न ७ दिनको समय दिइएको मन्त्रालयले जनाएको छ।

    यसैगरी समितिले फेवातालको क्षेत्रभित्र पर्ने सम्पूर्ण कित्ता जग्गाको यथार्थ विवरण संकलगरी अभिलेखीकरण कार्य पनि गर्नेछ। ताल क्षेत्रभित्र परेका निजी तथा सरकारी जग्गाको अवस्था, दर्ता स्थिति र प्रयोगको अवस्थाबारे विस्तृत अध्ययन गरिने मन्त्रालयले जनाएको छ।

    पछिल्लो समय प्रधानमन्त्री बालेन शाहले फेवाताल संरक्षणमा चासो देखाएपछि पोखरा महानगरले अतिक्रमित फेवाताल क्षेत्र खाली गराउने अभियान सञ्चालन गरेको छ। 

  • २३ चैत्र २०८२, सोमबार २०:०७ प्रकाशित