गुरुङ जातिको सांस्कृतिक पर्व टहोटें धुमधाम साथ मनाईयो
  • जरूवाखबर

  • पोखरा । चैत महिनाको अन्तिम मंगलवार पोखरामा गुरुङ जातिको सांस्कृतिक पर्व टहोटे धुमधामका साथ मनाइएको छ । वर्षको दुई पटक साउनको अन्तिम मंगलबार र चैतको अन्तिम मंगलबार उधौली र उघौलीको रुपमा यो पर्व गुरुङ समुदायले मनाउने गर्छन् ।

    परम्परागत भेषभुषासहितको झाँकी तथा ऱ्याली निकालेर पोखराका मुख्य चोकहरुमा प्रदर्शनपछि तमू धीं नयाँबजारमा पुगी सभामा परिणत भएको थियो ।

    विगतमा गाँउ घरमा भुतप्रेत धपाउने र रोग ब्याधि नलागोस् भन्ने उद्देश्यले यो पर्व मनाउने चलन रहेको छ ।

    गुरुङ भाषामा ट्होटेंको शाब्दिक अर्थ ट्हो भनेको गाँउ बस्ती र टें भनेको शत्रु धपाउने भन्ने वा शत्रु धपाएर समाज सुरक्षित राख्ने भन्ने बुझिन्छ । व्यक्ति, गाउँ, समाजको सुरक्षाका लागि यो पर्व मनाउँदै आएको गुरुङ समुदायको बुझाई छ । 

    तमु धीं नेपालका अध्यक्ष हुम तमुका अनुसार दुःख दिने तत्वलाई सीमा कटाएर भगाउने र आपसी सद्भाव कायम राख्ने उद्देश्य सहित यओ पर्व मनाउने गरिन्छ ।

    यसैबीच ट्होटे पर्व मनाउन कास्कीका स्थानीय तहले सार्वजनिक विदा समेत दिएका छन् । कास्कीको अन्नपूर्ण, मादी र माछापुच्छ्रे गाउँपालिकाले विदा दिएका हुन् ।

    यस्ता सांस्कृतिक पर्वहरूले भिन्न समुदायबीच आपसी समझदारी बढाउने र सामाजिक एकता मजबुत पार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गुरुङ समुदायको विश्वास छ ।

  • २४ चैत्र २०८२, मंगलवार १७:१९ प्रकाशित