सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध मुद्दा दायर
  • जरूवाखबर

  • काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरासहित भन्सारका उच्च अधिकारीहरू २८ जना विरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    विधुतिय सिगरेट ‘भेप’ भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा महरालाई भन्सारका अधिकारीहरुविरद्ध मुद्धा दायर गरेको हो । आयोगले विहीबार विशेष अदालतमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरेको छ।

    सुन तस्करसँग करोडौं लाभ लिइ त्रिभुवन अन्तरराष्ट्रिय भन्सार तथा तालुक पदाधिकारी र कर्मचारीहरूसँग साँठगाठ गरी सुन तस्करलाई सहयोग पुर्‍याइ अरबौं राजस्व चुहावट गरेको उनीहरूमाथि आरोप छ।

    पुस २०७९ मा चिनियाँ गिरोहले भेपको प्रयोग गरी सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिहरूले भूमिका खेलेको अख्तियारको दावी छ।

  • २६ चैत्र २०८२, बिहीबार १६:५१ प्रकाशित