काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक मन्त्री दिपक साहलाई बर्खास्त गरेपछि उनले सम्हाल्दै आएको जिम्मेवारी पनि आफैले लिएका छन् ।
राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको सिफारिसमा कार्यविभाजन गरिएको जनाएको छ ।

मन्त्री नियुक्ति भएको दुई हप्तामा नै विवादमा मुछिएपछि ‘रास्वपा’ले कार्यसम्पादनमा असन्तुष्टि जनाउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपकुमार साहलाई ‘राइट टु रिकल’ को व्यवस्था अनुसार साहलाई आजै पदमुक्त गराएका थिए ।





