सुनको भाउ उकालो लाग्दै, आज मात्रै तोलामा २२ सय रुपैयाँ बढ्यो
  • जरूवाखबर

  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लाग्नेक्रम जारी छ । आज ‘शुक्रबार’ सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको हो।

    शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ तोकिएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    सुनसँगै आज चाँदीको मूल्य पनि उकालो लागेको छ। बिहीबारको तुलनामा चाँदी तोलामा ८५ रुपैयाँले बढेर ४ हजार ९सय ६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ८ सय  ७५ रुपैयाँमा किनबेच भएको थियो।

  • २७ चैत्र २०८२, शुक्रबार ११:४८ प्रकाशित