काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लाग्नेक्रम जारी छ । आज ‘शुक्रबार’ सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको हो।
शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ तोकिएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्य पनि उकालो लागेको छ। बिहीबारको तुलनामा चाँदी तोलामा ८५ रुपैयाँले बढेर ४ हजार ९सय ६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ८ सय ७५ रुपैयाँमा किनबेच भएको थियो।





