प्रधानमन्त्री बालेन्द्र साहको बैंक व्यालेन्स १ करोड ४६ लाख
  • जरूवाखबर

  • काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र साहको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्री वालेन्द्र साहको धनुषामा १.२ बिघा र काठमाडौंमा ५ आना जग्गा रहेको छ । त्यस्तै महोत्तरीमा ९ बिघा जमिन रहेको छ ।

    उक्त जग्गा बुवा रामनारायण साहको नाममा रहेको पनि विवरणमा उल्लेख छ । त्यस्तै पैतृक सम्पत्तिबाट प्राप्त भनेर पत्नी सविना काफ्लेको नाममा १९० तोला सुनचाँदी देखाइएको छ । त्यस्तै बैंकमा प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ बचत रहेको छ ।

    उक्त आम्दानीको स्रोत भने सामाजिक सञ्जालहरू फेसबुक, युट्युब, टिकटक, स्पटीफाईलगायत उल्लेख गरिएको छ । शाहको फेसबुकमा ४० लाख,  युट्युबमा १२ लाख र एक्समा ५ लाख फलोअर रहेको पनि विवरणमा उल्लेख छ । 

  • २९ चैत्र २०८२, आईतवार १९:५९ प्रकाशित