पोखरा । पोखरामा सम्पन्न सञ्चारिक समूह गण्डकीको सातौं अधिवेशनबाट अध्यक्षमा राधिका शर्मा कँडेल निर्विरोध निर्वाचित भएकी छिन् ।
अधिवेशनबाट कँडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको छ । समितिको उपाध्यक्षमा कञ्चन थापा कोइराला, महासचिवमा उमा आलेमगर र सचिवमा चन्द्रिका घिमिरे ‘अनिता’, कोषाध्यक्षमा बालकुमारी पौडेल ‘तारा’ तथा सदस्यहरुमा शोभा नेपाल, रिना थापा ‘तानी’, कृष्ण श्रेष्ठ ‘रोजी’, विनाकुमारी थापा, सपना अधिकारी र देविका तामाङ चयन भएका छन् ।

अधिवेशनको उद्घाटनपछि बोल्दै राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त दुर्गा भण्डारीले महिला अधिकार र समानताका मुद्धा उठाउनुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी, नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष रमेश पौडेल, सञ्चारिक समूहकी अध्यक्ष कमला पन्थी, उपाध्यक्ष बसन्ती बास्तोलालगायतले महिला पत्रकारसँगै महिला अभिकार, समुन्नत र समतामुलक समाज निर्माणमा एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।






