पोखरा । नयाँ वर्ष २०८३ को अवसरमा पोखरा अन्तर्राष्ट्रिय झण्डा पार्कमा नेपालको राष्ट्रिय झन्डोत्तोलन गरिएको छ । नगर प्रमुख धनराज आचार्यले पार्कमा नेपालको राष्ट्रिय झन्डोत्तोलन गरेका हुन्।
कार्यक्रमम बोल्दै मेयर आचार्यले नयाँ वर्षको शुभकामनासहित राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा एकताबद्ध भएर लाग्न आग्रह गरे ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, वडा नं. ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बराल, वडा नं. ७ का वडा अध्यक्ष राममोहन आचार्य, वातावरण संरक्षणका लागि महाअभियानका संयोजक रामबहादुर पौडेल, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, महाशाखा प्रमुखहरू लगायत जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी, सञ्चारकर्मीहरू समेतको उपस्थिति रहेको थियो ।






