पोखरा माउण्टेन सिटी अध्यक्षमा पदम श्रेष्ठ
  • जरूवाखबर

  • पोखरा । लायन्स क्लब अफ पोखरा माउण्टेन सिटी अध्यक्षमा पदम श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ क्लबको वार्षिक साधारण सभामा लायन वर्ष २०२६/२७ का लागि सर्वसम्मत निर्वाचित भएका हुन् ।

    कार्यक्रमका प्रमुख अतिथि एवं क्लबका संस्थापक अध्यक्ष तथा इन्टरनेशनल एडभाइजर लायन डोलराज पोखरेलले ‘आफ्नो लागि सबैले गर्छन्, अरूका लागि केही गरौँ’ भन्ने मूल भावनाका साथ क्लब स्थापना भएको स्मरण गरे । उनले क्लबले अहिलेसम्म निर्वाह गरेको सामाजिक भूमिकाप्रति खुसी व्यक्त गर्दै नयाँ कार्यसमितिलाई आवश्यक सम्पूर्ण सहयोग गर्ने आश्वासन दिए ।

    नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाल सफल बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताउँदै क्लबमार्फत सामाजिक सेवा, मानव कल्याण तथा समुदाय विकासका कार्यक्रम थप प्रभावकारी र उचाइमा पुर्याउने योजना सुनाए ।

    क्लबको प्रथम उपाध्यक्षमा कृष्णप्रसाद भट्टराई, द्वितीय उपाध्यक्ष नेपालप्रकाश अधिकारी र तृतीय उपाध्यक्ष कल्याण तिमिल्सिना, सचिवमा शिवप्रसाद रिमाल, सहसचिव सूर्यप्रसाद पोखरेल र कोषाध्यक्ष कुलप्रसाद अधिकारी चयन भएका छन् ।

    कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू कृष्णराज पराजुली, मोहदत्त भुषाल, नरेश सुवेदी र शक्ति बराललगायतले बोलेका थिए ।विष्णु अधिकारीको अध्यक्षतामा भएका कार्यक्रमको सञ्चालन डिस्ट्रिक्ट जोन चियरपर्सन लायन नरेश सुवेदीले गरेका थिए ।

     

     

  • ६ बैशाख २०८३, आईतवार २२:३७ प्रकाशित