पोखरा-१४ मा ‘सर्वसुलभ कृषि बजार’ सुरु
  • जरूवाखबर

  • पोखरा । किसानबाट उ्रत्पादित वस्तुहरु सिधै उपभोक्तासम्म पुर्याउने उद्देश्यले पोखरा महानगरपालिका वडा नं १४ मा सर्वसुलभ कृषि बजार सञ्चालन गरिएको छ । बजार प्रत्येक शनिबार बिहान ६:३० बजेबाट ८: ३० बजेसम्म साप्ताहिक रुपमा सञ्चालन गरिनेछ ।

    कृषि बजारको उदघाटन गर्दै पोखरा महानगरपालिका–१४ का वडा अध्यक्ष बोधबहादुर कार्कीले किसानद्वारा उत्पादित वस्तुहरू सिधै उपभोक्तासम्म पुर्‍याउने तथा वडावासीलाई ताजा तरकारी तथा फलफूल उपलब्ध गराउनु मुख्य उद्देश्य रहेको बताए ।

    पोखरा महानगरपालिकाका वरिष्ठ अधिकृत तथा कृषि महाशाखा प्रमुख मनोहर कडरियाले कृषकले उत्पादन गरेका सामग्री बिचौलिया बिना प्रत्यक्ष उपभोक्तासम्म पुग्नु अत्यन्त सराहनीय कार्य भएको उल्लेख गरे ।

    कृषि सञ्जाल–१४ का अध्यक्ष ललित बहादुर बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष उमा थापा, सचिव रमनाथ आचार्यले पनि आफ्नो भनाई राखेका थिए ।

    हाटबजारको पहिलो दिनमा २५ भन्दा बढी किसानहरूले आफ्ना उत्पादनहरू सहुलियत दरमा बजारिकरण गरेका थिए भने करिब ७५ बजार रुपैयाँ बराबरको कारोबार भएको बताईएको छ ।

    उक्त कार्यक्रमका लागि पोखरा महानगरपालिकाले १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो।

  • ६ बैशाख २०८३, आईतवार १७:५२ प्रकाशित