पोखरा । पोखरा महानगरपालिका वडा नं २२ पुम्दीभुम्दीस्थित ठुलाडिही भन्ने स्थानमा गुडिरहेको बसमा आगलागी भएको छ।
ग १ ख ९५६२ नम्बरको बसमा तार सर्ट भएर एक्कासी आगो लागेको प्रहरीले जनाएको छ । बाग्लुङबाट स्याङजा वालिङको लागि छुटेको बस पोखरा- २२ पुम्दीभुम्दीस्थित ठुलाडिही आइपुगेपछि आगो लागेको हो ।
बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरेको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए । बसमा आगोलागी भएको भन्ने खबर पाउना साथ वडा प्रहरी कार्यालय बैदामबाट डीएसपी नमराज भट्टराईको कमाण्डमा १५ जनाको टोली खटिएको थियो ।
बसमा ४० जना यात्रु सेवार रहेको बताइएको छ । गाडी जलेर ठूलो क्षति भएको र घटनाबारे थप छानविन भइरहेको प्रहरीले जनाएको छ ।






