काठमाण्डौ।सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि भन्दै सरकारले पक्राउ गरेका नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्कालाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ।
थुनामुक्त भए पनि विदेश जानका लागि भने खड्काले अदालतको अनुमति लिनुपर्ने अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले खड्कालाई थुनामा राख्ने निर्णय कानुनविपरीत भएको ठहर गर्दै बिहीवार रिट जारी गरेको अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए।
उनलाई गैरकानुनी तवरमा थुनामा राखिएको भन्दै खड्काका तर्फबाट उनकी पत्नी विनीता थापाले अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्।
खड्का गत चैत १५ गते पक्राउ परेका थिए।





