ह्वाट्सएपबाट राजीनामा दिएका सभासद कुँवरले फोनबाट लिए फिर्ता
  • जरूवाखबर

  • पोखरा । बुधबार राजीनामा दिएका  गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले आज बिहीबार राजीनामा फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् हेरफेर हुँदा मन्त्रीको सूचीमा आफ्नो नाम नसमेटिएको झोंकमा राजीनामा दिएका कुँवरले सभामुख कृष्ण धिताललाई फोन गरेर आफ्नो राजीनामा फिर्ता लिएको जानकारी गराएका हुन् ।

    ह्वाट्सएपबाट सभामुखलाई राजीनामा पत्र सांसद कुँवरले बिहीबार फोन गरी राजीनामा फिर्ता लिएको बताएका हुन् ।

    बागलुङ २(२) बाट निर्वाचित कांग्रेस सांसद कुँवर मन्त्रीका आकांक्षी थिए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बागलुङ २(१) बाट निर्वाचित कांग्रेस सांसद जितबहादुर शेरचनलाई आर्थिक मामिला मन्त्री नियुक्त गरेपछि कुँवर रुष्ट थिए ।

  • ३ बैशाख २०८३, बिहीबार १९:२८ प्रकाशित