पोखरामा अफलाईन पठाओ तथा इनड्राइभ चलाउने १३ जना पक्राउ
  • जरूवाखबर

  • पोखरा । पोखरा महानगरमा अफलाइन पठाओ तथा इनड्राइभ चलाउने १३ जनालाई कास्की प्रहरीले विहीबार पक्राउ गरेको छ । अफलाईन चलाएर यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्ने तथा अनावश्यक दुःख हैरानी दिने १३ जना मोटरसाइकल तथा स्कुटर चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।

    पक्राउ परेकाहरूले एपमा आवद्ध रहे वा नरही अफलाइन रूपमा मोटरसाइकल सञ्चालन गरी यात्रुसँग बढी भाडा लिने र ठगी गर्ने गरेको सूचनाका आधारमा कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।

    पक्राउ परेकाहरूमा विष्णु बहादुर नेपाली, राजन परियार, लिल बहादुर गुरुङ, प्रबिण थापा, नवीन थापा, दिपक कुमार गुरुङ, अम्मर बहादुर महतरा, माधव कुईकेल, बुद्धि बहादुर विक, बिक्की लामा, कृष्ण कुमाल, मिन बहादुर थापा र कृष्ण बहादुर गुरुङ रहेका छन्।

    नियन्त्रणमा लिइएकाहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

     

  • ३ बैशाख २०८३, बिहीबार २१:५९ प्रकाशित