पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २७ तालचोकस्थित हिमालीटोलबाट विहीबार जुवातास खेल्दै गरेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूको साथबाट नगद ६७ हजार ५ सय ६०, अमेरिकी डलर ११२, अष्ट्रेलियन डलर २४० तथा ४ बुक तास बरामद गरिएको प्रहरी निरिक्षक गणेश पाण्डेले जानकारी दिए ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत ‘जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने’ मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।





