लेकसाईडमा पर्यटकलाई दुख दिने ३ महिला पक्राउ
  • जरूवाखबर

  • पोखरा । रातको समयमा पर्यटकलाई दुख दिने पोखरा लेकसाइड क्षेत्रमा ३ महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो ।

    पर्यटकलाई हैरान बनाउने, दुःख दिने, लुटपाट गर्ने र अनैतिक क्रियाकलापमा संलग्न हुने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ गरिएका तीन महिलामाथि आवश्यक कारवाही गरिएको प्रहरीले जनाएको छ ।

    कास्की प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न विशेष अभियान नै चलाएको प्रहरीका सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए ।

    यसअघि पनि १६ महिला पक्राउ परेका थिए ।

  • ८ बैशाख २०८३, मंगलवार २३:४४ प्रकाशित