पोखरा । गत भदौ २४ गते भएको जेन्जी आन्दोलनको बेला कास्की कारागारबाट फरार रहेका तेन्जिङ कुल्सङ गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
लागू औषध कारोबार मुद्दामा कास्की कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पोखरा १७ निवासी कुल्सङलाई सोमबार कास्की प्रहरीले पक्राउ गरेको हो ।
सूचनाको आधारमा बैदम प्रहरीले उनलाई पोखरा ६ दिगोपाटनबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि कास्की कारागारमा बुझाएको प्रहरी निरिक्षक गणेश पाण्डेले जानकारी दिए ।





