पोखरा स्पोर्टस् अवार्ड: हस्पिटालिटी पार्टनरमा टेम्पल बेल र प्लाजा होटल ग्रुप
  • जरूवाखबर

  • पोखरा । यही वैशाख १८ गते हुने १० औं पोखरा स्पोर्टस् अवार्डकालागि हस्पिटालिटी पार्टनरमा २ वटा होटल जोडिएका छन्। पोखराको टेम्पल बेल बुटिक होटल र काठमाडौंको प्लाजा होटल ग्रुप हस्पिटालिटीका लागि जोडिएका हुन् ।

    पोखरा लेकसाइडस्थित फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पाका तर्फबाट सञ्चालक विश्वराज पौडेल र अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एमबि आस्था मगरबीच सम्झौता भएको हो ।

    सो अवसरमा सञ्चालक पौडेलले खेलाडीलाई सम्मान गर्ने गण्डकी प्रदेशको गौरवको कार्यक्रमसँग टेम्पल बेलले सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

    यसैगरी, काठमाडौं नक्सालस्थित होटल क्राउन प्लाजातर्फबाट प्लाजा होटल ग्रुप अध्यक्ष युवराज श्रेष्ठ र मञ्च अध्यक्ष एमबी आस्थाले सम्झौता गरे । अध्यक्ष श्रेष्ठले खेलाडीको सम्मानमा हुने कार्यक्रमको सफलताको कामना गर्दै स्पोर्टस् अवार्डमा जोडिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

    मञ्च अध्यक्ष एमबि आस्था मगरले अवार्ड कार्यक्रम सभ्य र भव्य बनाउन हस्पिटालिटी पार्टनर रुपमा जोडिएकामा दुवै होटलहरुका सञ्चालकप्रति आभार व्यक्त गरे ।

    पोखरा इभेन्ट सेन्टरमा हुने पोखरा स्पोर्टस् अवार्डमा यसपालि विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

    जसमा ८ विधामा अवार्ड प्रदान गरिनेछ । तीमध्ये लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ–संस्था, पिपल च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकारसमेतका विधा छन् ।

    अवार्डको मुख्य प्रायोजक हिमश्री फुड्सको मुख्य उत्पादन रारा तयारी चाउचाउ रहेको छ ।

    यसैबीच पिपल च्वाइस अवार्डका लागि पोखरा न्यूरोडस्थित गुरुङ गहनाघर प्रालिले स्कुटर प्रायोजन गरिसकेको छ भने सहारा क्लब पोखराले उदीयमान खेलाडीको पुरस्कार प्रायोजन गरेको मञ्चका महासचिव एवं अवार्डका प्रचार संयोजक परशुराम शर्माले बताए ।

  • ८ बैशाख २०८३, मंगलवार २२:२० प्रकाशित