मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा आउने

दुर्गममा हेलिकोप्टर प्रयोग गरिने

  • जरूवाखबर

  • पोखरा । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने दाबी गरेको छ । 

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भौगोलिक विकटताका बाबजुद पनि छिटोभन्दा छिटो मतपेटिका संकलन गरी नतिजा दिने तयारी भइरहेको जानकारी दिएका हुन् ।

    प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको मतगणना पनि सँगसँगै अगाडि बढ्ने उनले बताए । 

  • २० फाल्गुन २०८२, बुधबार २०:४९ प्रकाशित