पोखरा । हृदयघातका कारण विहीबार निधन भएका नेकपा एमालेका केन्द्रीय सदस्य एवम् कास्की ईन्चार्ज कृष्ण थापाको अन्त्येष्टि भोली शनिबार गरिने भएको छ ।
मणिपाल शिक्षण अस्पतालबाट पार्थिव शरीर ल्याई भोली बिहान ८बजेदेखि १० बजेसम्म एमाले कास्की जिल्ला पार्टी कार्यालय शान्तिदर्शन मार्गमा श्रद्धाञ्जली अर्पणका लागि राखिने बताईएको छ ।
यसैगरी पार्टी कार्यालय शान्तिदर्शन मार्गमा श्रद्धाञ्जली अर्पण पश्चात पूर्व मेयर स्व. थापाको पार्थिव शरीर बिहान १०: १५ बजेदेखि १०: ४५ बजेसम्म पोखरा महानगरपालिका कार्यालय पोखरा ९ दमकल प्राङ्गणमा राखिने र स्व. थापालाई सम्मान र श्रद्धाञ्जली अर्पण गरिने महानगरले जनाएको छ ।
पार्टी कार्यालय र पोखरा महानगरपालिकाको श्रद्धाञ्जली कार्यक्रम पश्चात बिहान ११ बजे थापा निवास पोखरा–१६ बाटुलेचौरबाट पार्थिव शरीर धार्मिक विधिअनुसार शवयात्रासहित याम्दी पुल नजिक सेती नदीको तुलसीघाटमा लगि अन्तिम श्रद्धाञ्जलीसहित अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।






