काँग्रेसले बुझायो समानुतातिकतर्फ २० जनाको नाम

विभिन्न कलस्टरमा १५ महिला र ५ पुरुष

  • जरूवाखबर

  • काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित २० जना सांसदहरू नामावली आईतबार निर्वाचन आयोगमा पेश गरेको छ। विभिन्न कलस्टरमा १५ जना महिला र ५ जना पुरुषको नाम काँग्रेसले आयोगमा बुझाएको हो।

    आयोगले समानुपातिकतर्फको सूची बुझाउन आजसम्मको समयसीमा तोकेको पछि आईतबार नै काँग्रेस कार्यसम्पादन समितिको बैठक बसेर नाम निर्णय गरी आयोगमा पठाएको हो ।

    खस आर्यबाट सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, गंगा शाही र अर्जुननरसिंह केसी रहेका छन् ।

    आदिवासी जनजातिबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, सुनिताकुमारी सुवेदी र भीष्मराज आङ्देम्बे छन् भने मधेशीबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव, चन्द्रमोहन यादव छन् ।

    यसैगरी दलितबाट हरिनादेवी कामी, पवित्रा विक, मानबहादुर नेपाली, थारूबाट प्रमिलाकुमारी गच्छदार र मुस्लिमबाट शाहजान खातुन रहेका छन् ।

  • १ चैत्र २०८२, आईतवार २१:२८ प्रकाशित