मनोहरा सुकुमबासी बस्तीमा आज डोजर चलाईने, प्रहरीको सहयोगमा सामान उठाईदै
  • जरूवाखबर

  • काठमाडौँ, १३ वैशाख। भक्तपुरको मनोहरा नदी किनार क्षेत्रका अतिक्रमित संरचना तथा सुकुमबासी बस्तीमा आज डोजर चलाइने भएपछि धमाधम समान सार्न थालिएको छ । हिजो ढुंगामुढा भए पनि आज भने सुकुमबासीहरु आफै समान सारिरहेका छन् । यस कार्यमा नेपाल प्रहरीले पनि सघाइरहेको छ ।

    शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए । नोहरामा डोजरमाथि एक समूहले ढुंगामुढा गरी प्रहरीसमेतलाई घाइते बताएका थिए ।

    स्थानीयको प्रतिकारपछि डोजरसहितको टोली फर्किए पनि आज सो क्षेत्र खाली गर्ने सरकारको तयारी छ । उक्त क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

  • १३ बैशाख २०८३, आईतवार ०९:५६ प्रकाशित