पोखरा, २१ वैशाख। भाटभटेनी सुपरमार्केट पोखरा सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। गत भदौ २४ गते जेनजी आन्दोलनको बेला जलाएर खरानी बनाएपछि बन्द बनेको सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको हो ।
सञ्चालक मीनबहादुर गुरुङले ग्राहकहरूका लागि नियमित सेवा सुरु गरेको जानकारी गराउँदै आजैदेखि सुपरमार्केटले आफ्नो व्यापारिक गतिविधि अगाडि बढाएको हो।

प्रमुख सञ्चालन अधिकृत ‘सीओओ’ पानू पौडेलले स्टोर अब दैनिक रूपमा बिहान १०ः ०० बजे खुल्ने र नियमित रूपमा सेवा प्रदान हुने र ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउन स्टोर प्रतिबद्ध रहेको बताए ।








