पोखरा- १३ काँहुखोलाबाट जुवातास खेल्दै गरेका १० जना पक्राउ
  • जरूवाखबर

  • पोखरा, २३ वैशाख । कास्की प्रहरीले पोखरा- १३ काँहुखोलाबाट जुवातास खेल्दै गरेका १० जनालाई पक्राउ गरेको छ ।  काँहुखोलास्थित एक खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

    सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले छापा मारी १० जनालाई पक्राउ गरेको हो । उनीहरूलाई नगद ७७ हजार १ सय ८० र ८९९ पत्ती ताससहित नियन्त्रणमा लिएको हो।

    पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

  • २३ बैशाख २०८३, बुधबार २१:३२ प्रकाशित