काठमाडौै, २८ वैशाख। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ को नतिजा सोमबार सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार अपराह्न बसेको बोर्ड बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।
विगतमा करिब तीन महिना लाग्दै आएको एसईई नतिजा यो वर्ष पहिलो पटक एक महिनामै नतिजा प्रकाशित गर्न लागिएको हो ।
यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका छन्।
कसरी हेर्ने नतिजा ?







