पोखरा, २७ जेठ । संयुक्त अरब इमिरेट्स ‘यूएई’ को फ्लाइ दुबईले सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने भएको छ । सेक्टेम्बर २३ देखि दैनिक उडान गर्न अनुमति पाएको छ ।
केही दिन अगाडी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजर पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भेटवार्ता गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने बारे छलफल गरेका थिए ।
दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप, अफ्रिका लगायतका ३०० भन्दा बढि शहरहरूसँग पोखराको पहुँच स्थापित हुने महानगरका मेयर धनराज आचार्यले बताए ।
उनले लामो प्रयासपछि यो अवस्थासम्म आइपुगेको बताउदै अभियानलाई सफल बनाउन साथ, सहयोग र समन्वय गर्नुहुने नेपाल नागरिक उड्डयन प्राधिकरण, माननीय पर्यटन मन्त्री गनेश पौडेल, युनिभर्सल ट्राभल्सका चेयरमेन पराशर प्रसाई लगाएतले धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन् ।
उड्डयन सुरक्षा, जोखिम व्यवस्थापन तथा एयरलाइन सञ्चालनका क्षेत्रमा विशेषज्ञ मानिने लुकाजले फ्लाइ दुबई भेटका क्रममा पोखरा–दुबई हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धनका अवसर, उड्डयन सुरक्षाका मापदण्ड तथा दुई पक्षीय हितका बारो चर्चा गरेका थिए ।






