वरिष्ठ साहित्यकार सरुभक्तको मुटुको सफल शल्यक्रिया
  • जरूवाखबर

  • पोखरा, २७ जेठ । वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठको आज बुधबार मुटुको सफल शल्यक्रिया भएको छ । काठमाडौंको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा श्रेष्ठको सफल शल्यक्रिया भएको हो ।

    चिकित्सकको भनाई उदृत गर्दै पारिवारीक स्रोतले थोरैमा ४-५ दिन बिरामीले वेड रेष्ट गर्नुपर्ने र उक्त दिनसम्म बिरामीसंग भेटघाट गर्न नमिल्ने जनाएको छ ।

    श्रेष्ठका भाई महेन्द्र श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् ‘सरूभक्तदाईको शल्यकृया भर्खरै सम्पन्न भएको छ । चिकित्सकहरूको जानकारी अनुसार कम्तिमा ४-५ दिन बिरामीसंग भेटघाट गर्न नमिल्ने व्यहोरा सबै शुभचिन्तक, आफन्तजनहरूमा जानकारी गराउँदछु । यहाँहरूको सद्भाव, चासो र चिन्ताप्रति हामी अनेक अनेक आभार प्रकट गर्दछौ ।’

    पारिवारका अनुसार वरिष्ठ साहित्यकार श्रेष्ठले हालै काठमाडौं गई पूरै शरीर जाँच्दा मुटुका भल्ब ब्लकेज भएको पत्ता लागेको थियो । त्यसअघि पनि उनले पोखरामा जाँच गराइरहेका थिए । छातीमा समस्या महसुस गरेका श्रेष्ठलाई काठमाडौंमा जाँच्दा मुटुमा समस्या देखिएको हो ।

  • २७ जेष्ठ २०८३, बुधबार १६:०१ प्रकाशित