वरिष्ठ फोटो पत्रकार सुदुर्शन रञ्जितद्वारा ‘फोटो पत्रकार अक्षयकोष’लाई सहयोग
  • जरूवाखबर

  • पोखरा, २२ असार । वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जितले नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ कालागि आर्थिक सहयोग गरेका छन् ।

    पत्रकार रञ्जितले सहयोग स्वरुप अक्षयकोषका लागि नगद ६३ हजार रुपैयाँ प्रदान गरेका हुन् । उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

    पोखरामा रही फोटोको माध्यामबाट पोखराको खेलकुद गतिविधीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म चिनाउन महत्वपूर्ण योगदान गरेका पत्रकार रञ्जितले कास्कीमा रहेका फोटो पत्रकारहरुको हक हितका लागि स्थापना गरिएको फोटो पत्रकार अक्षयकोषमा सहयोग गरेको बताए ।

    एनपिजेए कास्की अध्यक्ष राम गुरुङले पत्रकार रञ्जित प्रति आभार प्रकट ब्यक्त गर्दै पोखराको खेलकुद इतिहासमा फोटो पत्रकार रञ्जितको विशेष योगदान रहेको बताए ।

    कार्यक्रममा बोल्दै नागरिक अभियन्ता रामबहादुर पौडेलले पोखराको इतिहासमा फोटो पत्रकारहरुको भुमिका महत्वपूर्ण रहेको बताए ।

    ६२/६३ को जनआन्दोलन, २०७२ को भुकम्प र २०८३ को आन्दोलन र विभिन्न ऐतिहासिक गतिविधीहरुमा कास्कीका फोटो पत्रकारहरुले पोखराको इतिहास जीवन्त राख्ने काम गरेको बताउदै फिर्के खोलाको संरक्षणमा महानगरका केही वडाहरुले भने जस्तो काम नगरेकाले नागरिक समाजको खवरदारीमा साथ र सहयोग गर्न समेत फोटो पत्रकारहरुलाई पौडेलले आग्रह गरे ।

    यसैविच फोटो पत्रकार संघ कास्कीले संस्थामा आवद्ध फोटो पत्रकारहरु सुदर्शन रञ्जित एन ओ सी वेष्ट भिडियोग्राफी अवार्ड, संघका सल्लाहकार कृष्णमणि बराल दयाशंकर स्मृति पत्रकारिता पुरस्कार बाट सम्मानित, सल्लाहकार इन्द्र पौडेल संस्कृति संरक्षण पत्रकारिता पुरस्कार, सहसचिव दुर्गा रानामगर पोखरा महानगरपालिका सदस्य सयुवा परिषदले गर्ने युवा पत्रकारिता सम्मान र कार्यसमिति सदस्य सुरेश सुनार विश्वकर्मा समाजबाट सम्मानित भएकोमा र संस्थाका उपाध्यक्ष राधिका कंडेल सञ्चारिका समुह गण्डकीको अध्यक्षमा निर्वाचित भएकोमा बधाइ ज्ञापन गरिएको थियो ।

  • २२ असार २०८३, सोमबार १५:२० प्रकाशित