पोखरा, २७ असार । जिल्ला ट्राफिक कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय कास्कीद्वारा संयुक्त रुपमा संचालन गरिएको सवारीको प्रदुषण जाँचमा २२ वटा सवारी साधनलाई कारवाही गरिएको छ ।
पोखरा महानगपरालिका वडा नं ८ न्यूरोड क्षेत्रमा शनिबार बिहान गरिएको प्रदुषण स्तर जाँचमा अत्याधिक धुवाँ उत्सर्जन गरेको फेला परेपछि २२ सवारी साधनलाई कारवाही गरिएको हो ।
सो समयमा नगरक्षेत्रभित्र चल्ने सिटी बस तथा अन्य डिजेल ईन्जिनबाट चल्ने सवारीहरु समेत गरी जम्मा ४० वटा सवारीको प्रदुषण चेकजाँच गरिएको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । कारवाहीमा परेका २२ सवारी साधनलाई आवश्यक कारबाहीको लागि यातायात व्यवस्था कार्यालय कास्की पठाईएको जनाईएको छ ।










