स्पेन फुटबलको विश्व च्याम्पियन, १६ वर्षपछि विश्वकपको उपाधि
  • जरूवाखबर

  • काठमाडौं । फिफा विश्व कप २०२६ को उपाधि स्पेनले जितेको छ।  अतिरिक्त समयमा गरेको गोलमा स्पेनले न्यु जर्सीको मेटलाइफ रंगशालामा सोमबार बिहान भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई १–० गोलले पराजित गरेको हो ।

    खेलको पाँचौं मिनेटमा स्पेनका लागि लामिन यमालले प्रहार गरेको बल अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले रक्षा गरे।

    खेलको ३९ औं मिनेटमा स्पेनका लागि मिकेल ओयारजाबालले गरेको प्रहार मार्टिनेजले बचाए। खेलको पहिलो हाफमा अर्जेन्टिना स्पेनको प्रहार रोक्नमै व्यस्त भयो। अर्जेन्टिनाले पहिलो हाफमा एउटा पनि प्रहार गर्न सकेन।

    खेलको दोस्रो हाफमा पनि अर्जेन्टिना विरुद्ध स्पेन हाबी रह्यो। तर गोल भने निकाल्न सकेन खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल निकाल्न नसकेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।‌

    अतिरिक्त समयको पहिलो हाफ गोल रहित बराबरीमा सकियो तर अतिरिक्त समयको दोस्रो हाफको पहिलो मिनेटमा नै स्पेनले गोल गर्यो। स्पेनका लागि खेलको १०६ मिनेटमा फेरान टोरेसले गोल गरेका हुन्। यही गोल नै निर्णायक बन्यो र स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जित्यो।

    सन् २०१० मा पहिलो पटक विश्वकपको उपाधि जितेको थियो। १६ वर्षपछि विश्वकपको फाइनल खेलेको स्पेनले दोस्रो पटक फिफा विश्वकपको उपाधि जितेको हो।

  • ४ श्रावण २०८३, सोमबार १०:१२ प्रकाशित