पोखरा, २० भदौं । पोखरेली युवा सांस्कृतिक परिवारको ४३ औँ अधिवेशनबाट लक्ष्मण थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
नवगठित समितिको उपाध्यक्षमा कौशलचन्द्र जी. सी., सचिवमा एम. डी. काफ्ले, कोषाध्यक्षमा अमृत क्षेत्री, सह सचिवमा केशु शर्मा रहेका छन ।
सदस्यहरूमा हसिना बस्नेत, रोशन तिमिल्सिना, अव्यग्र अस्मित, आकाश लामा र जय चापागाईं रहेका छन् ।
साहित्य संयोजकमा ढाकामोहन बराल, कला संयोजकमा हेमकान्ति गुरुङ र सङ्गीत संयोजक टि. आर. पौडेल रहेका छन् ।






