पत्रकारद्वय शान्ति गुरुङ र पञ्चसुब्बा गुरुङ पुरस्कृत
  • जरूवाखबर

  •  पोखरा, ३० भदौ । तमु सञ्चारकर्मी संघ कास्कीको ७औँ साधारणसभा तथा अधिवेशनको अवसरमा पोखराका पत्रकारद्वाय शान्ति गुरुङ र पञ्चसुब्बा गुरुङ पुरस्कृत एवम् सम्मानित भएका छन् ।

    समाजसेवी तथा संस्थाका पूर्व केन्द्रीय अध्यक्ष मिना गुरुङद्वारा स्थापित तमु पत्रकारिता पुरस्कार–२०८३ बाट शान्ति गुरुङ र मिलन ग्रुप अफ नेपालका संयोजक समाजसेवी दुर्गा गुरुङ ‘मिलन’द्वारा स्थापित मिलन पत्रकारिता पुरस्कार–२०८३ बाट पञ्च सुब्बा गुरुङ पुरस्कृत एवम् सम्मानित भएका हुन् ।

    पुरस्कृत पत्रकारद्वयलाई प्रमुख अतिथि चित्रबहादुर गुरुङ, पुरस्कार छनोट समिति तथा संस्थापक संयोजक हुमबहादुर गुरुङ, दुर्गा गुरुङ ” मिलन” की माता तथा मिलन फाउन्डेसन नेपालका संरक्षक सावित्री गुरुङ, पुरस्कार दाता मिना गुरुङ र अध्यक्ष युग गुरुङले जनही रु. २० हजार नगद सहित सम्मानपत्र, दोसल्ला, फेटा तथा खादाले सम्मान गरेका थिए ।

    तमु पत्रकारिता पुरस्कारबाट यसअघि अग्रज पत्रकारहरू हुमबहादुर गुरुङ, राजबहादुर गुरुङ र खड्क बहादुर गुरुङ सम्मानित भईसकेका छन् ।

    तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, कास्की शाखाका अध्यक्ष युग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष तृष्णा लक्ष्मी गुरुङले स्वागत र उपाध्यक्ष शिला गुरुङले संचालन गरेका थिए ।

  • ३० भाद्र २०८३, मंगलवार २०:५१ प्रकाशित